काठमाडौं- नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसँगै काँग्रेसमा एकाएक माहोल तातेको छ । पार्टी सभापति लगायत अन्य पदहरुमा प्रत्याशी उम्मेदवारहरुको दौडधूप चलिरहेको छ । आगामी महाधिबेशनमा सभापति शेरबाहादुर देउवाले फेरि उम्मेदवारी दिने वताए पछि नेताहरु छलफलमा जुटेका छन ।
१३ औं महाधिवेशनमा काँग्रेस सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाको प्रतिस्पर्धा भएको थियो । १४ औं केन्द्रीय महाधिवेशनमा सभापतिका लागि अहिलेसम्म सात जना आकांक्षीहरु देखिएका छन । यस्तै, काँग्रेस महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह र काँग्रेस सभापति देउवा पक्षकै विमलेन्द्र निधि पनि पार्टी सभापतिका लागि हाल सम्म देखिएका आकांक्षी हुन । काँग्रेसको ३ र ४ गते बसेको केन्द्रीय कार्य समितीको बैठकले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मको महाधिवेशनको कार्य तालिका अनुमोदन गरेको हो । काँग्रेसले गाउँ नगर वडा महाधिवेशन साउन १२ गते, गाउँ नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ हुने भएको छ ।
काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्मको मिति घोषणा भएसँगै मुख्यगरी पार्टी सभापतिका दाबेदारहरुको दौडधूप तीव्ररुपमा भइरहेको छ ।