काठमाडौँ – नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक आईतबार बसेको छ । बैठकमा गण्डकीमा सरकार बनाउन सफल भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, जसपाकै अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधवकुमार नेपालले सभापति देउवालाई बधाई दिए । साथै लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशमा पनि विपक्षी गठबन्धनको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने विषयमा पनि छलफल भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले इकागजलाई जानकारी दिए । साँझ ५:४० बजे सुरु भएको बैठक डेढ घण्टाभन्दा लामो समय चलेको थियो ।
बैठकले बाढी पहिरोले निम्त्याएको विपद्तर्फ सरकारको ध्यान नगएको निष्कर्ष निकालेको खड्काले जानकारी दिए ।