२०८१ वैशाख २२ गते | 4th of May 2024

कोभिड संक्रमितको निशुल्क उपचार अबदेखि सरकारी अस्पतालबाट मात्र

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ८ गते १३:३०

काठमाडौं –  अबदेखि सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरूबाट मात्रै कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ ।

सरकारले कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलीदेखि लागु हुनेगरी यस्तो निर्णय गरेको जनाएको हो । यसअघि कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरिएका अस्पतालहरूलाई आजसम्म अस्पताल भर्ना भई उपचाररत संक्रमितहरूको आजकै मितिले दस दिनसम्मको मात्रै सोधभर्ना रकम उपलब्ध गराउने पनि जनाएको छ ।

साथै सबै निजी अस्पतालहरूलाई सरकारले तोकेको दररेटभन्दा बढी शुल्क लिएर संक्रमितको उपचार नगर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *