२०८२ चैत ३ गते | 17th of March 2026

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई एमालेले भन्यो – अप्रत्यासित

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ८ गते १३:५१

काठमाडौं- सत्तारुढ नेकपा (एमाले)ले मन्त्रिपरिषद् पुनर्गठन र विस्तारको निर्णयविरुद्ध सर्वोच्च अदालतले दिएको  अन्तरिम आदेशलाई  अप्रत्यासित भनेको छ। एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको निर्णय अप्रत्यासित रहेको उल्लेख गर्दै नेपाल लाइभसँग भने, ‘यसले राजनीतिक रुपमा पनि धेरै जटिलताहरु ल्याउनेछ।’ ज्ञवालीले यसबारे बैठक बसेर थप धारणा सार्वजनिक गर्ने बताए। ‘हामी बैठक बसेर यसबारे धारणा बनाउन बाँकी नै छ, प्रारम्भिक रुपमा हाम्रो धारणा यही हो,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले मंगलबार अपराह्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको यो आदेशसँगै ओलीको क्याबिनेटका २० मन्त्री स्वतः पदमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *