२०८१ वैशाख २१ गते | 3rd of May 2024

असार १७ गतेदेखि आन्तरिक उडान खुला

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ९ गते १४:४६

काठमाडौं – आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुला गरिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्नका लागि नेपाल नागरिक उडड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणले उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई सेवा प्रदायकहरूलाई उडान अनुमति दिनेछ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आगामी असार १७ गतेदेखि आन्तरिक उडान हुने बताए । उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान हुने उनले बताए । निषेधाज्ञा अगाडि जति संख्यामा आन्तरिक उडान हुन्थ्यो त्यसको ५० प्रतिशत मात्रै उडान हुने भएको हो । विमान कम्पनीहरूले सत प्रतिशत अकुपेन्सीमा यात्रु उडान सक्छन् । यस्तै मन्त्रालयले अन्तर्राष्ट्रियतर्फको उडान सार्वजनिक गर्न पनि प्राधिकरणलाई भनेको छ । मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमले २४, २७ र २९ जुनमा दोहा, २५ जुनमा जापान, २८ र ३० जुनमा दुबई उडान गर्नेछ । मन्त्रालयले हिमालय एयरलाइन्सलाई दुबई, क्वालालम्पुर, दमामका लागि उडान संचालन गर्न अनुमती दिएको छ । विदेशी एयरलाइन्सतर्फ कतार एयरवेज, टर्किस, जजिरा, फ्लाइ दुबई, सलाम र एयर अरेवियालाई पनि उडान अनुमती दिएको छ । एयर इन्डियाले जुन २५ उडान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *