२०८१ वैशाख २२ गते | 4th of May 2024

विपक्षी गठबन्धनले प्रधानमन्त्री फेर्ने मात्रै खेल नखेलेको : प्रचण्ड

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १० गते १३:४५

काठमाडौं –  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धनले प्रधानमन्त्री फेर्ने मात्रै खेल नखेलेको बताएका छन् । विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकसँगको भेटघाट, छलफललाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा प्रपोगाण्डा चलाइएजस्तो सरकार फेरबदलको खेल नभएको बताए । उनले यो संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षार्थ भएको बताए ।
उनले लोकतान्त्रिक गठबन्धनले दीर्घकालीन यात्रा तय गर्ने उद्घोषसमेत गरे । “यो केपी ओलीलाई हटाउने मात्रै आन्दोलन होइन, संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षा गर्ने अभियान पनि हाे,” उनले भने ।

अहिले विपक्षी गठबन्धनका पाँच घटकको अलगअलग पृष्ठभूमि भए पनि परिवर्तनका लागि सबैको समयसापेक्ष योगदान दिँदै आएको बताए । एक प्रसंगमा आफूले नेकपाबाटै आन्दोलन गर्न चाहेको पनि बताए । कतिपयले केपी ओली र प्रचण्डलाई उस्तैउस्तै भन्ने गरेको भन्दै दुखेसो पनि पोखे । “अप्ठ्यारो पर्छ भने कुर्सी छाड्न तयार हुने र सबैथोक सिध्याएर भए पनि कुर्सीचाहिँ जोगाउनुपर्छ भन्ने ओली एकै हो ?,” उनको प्रश्न थियो । उनले विपक्षी दल हुँदा पनि संविधान निर्माणमा भूमिका खेलेका, संविधान निर्माणमा भूमिका खेल्न, धाँधली हुँदाहुँदै पनि २०७० को निर्वाचन परिणाम स्वीकार गरेको पृष्ठिभूमि पनि केलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *