२०८२ चैत ५ गते | 19th of March 2026

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको संसद विघटनले मुलुक संकटमा : देउवा

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १० गते १४:०३

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको संसद विघटनले मुलुक संकटमा परेको बताएका छन्। बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको उनको भनाइ छ।

बिहिबार राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै देउवाले संवैधानिक अंग कब्जा गर्न खोजिए पनि अदालतले असंवैधानिक काम रोक्दै आएको दाबी गरेको छन्। सभापति देउवाले आवश्यक परे जनपरिचालन गर्ने पनि बताएका थिए। ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं, नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ,’ देउवाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *