२०८१ वैशाख २२ गते | 4th of May 2024

काँग्रेसको लिगेसी बोकेको कोईराला, सिंह र निधि पुत्रहरु एकै ठाँउमा

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ११ गते १४:३५

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताहरु महामन्त्री डा. शशांक कोइराला, उपसभापति बिमलेन्द्र निधि र  पूर्वमहान्त्री प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच आज पनि लञ्च मिटिङ भएको छ । शशांक  बिपी ,  प्रकाशमान गणेशमान र बिमलेन्द्र महेन्द्रनारायणका पुत्र हुन ।  गत सोमबार उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङपछि भेटवार्ता जारी राख्ने समझदारी अनुसार आज महामन्त्री डा. कोइरालाले लञ्च मिटिङ आयोजना गरेका हुन् । अव पूर्वमहामन्त्री प्रकाशमान सिंहले लञ्च मिटिङको आयोजना गर्नेछन् । तर, नेताहरुको दोस्रो भेटवार्तासम्म पुग्दा नै नेताहरुले महाधिवेशनसम्म सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् ।

महामन्त्री डा. शशांक कोइरालले तीन नेताबीच विश्वासको वातावरण बनेको भन्दै महाधिवेशनसम्म सँगै रहने समझदारी भएको बताएका छन् । नेता प्रकाशमान सिंहले बिमलेन्द्रबाट सहकार्यको थालनी भएको भन्दै अव सबैलाई समेटेर लैजाने विषयमा छलफल सुरु भएको बताए । उनले कांग्रेसजनको भावना १४ औं महाधिवेशनमा पार्टीलाई ठिक दिशामा लैजान सहकार्य गर भन्ने सन्देश रहेको भन्दै त्यसको सम्मान गर्दै अघि बढ्ने बताए ।
उपसभापति निधिले भने आफूले गत सोमबार गरेको लञ्च मिटिङपछि देशभरबाट मिलेर अघि बढ्नुस् भन्ने सन्देश आएको भन्दै त्यसका लागि इमान्दार प्रयास सुरु भएको बताए ।  तीन नेताबीचको समझदारी कायम भए कांग्रेसको पहिलो पुस्ता विदा हुने विश्लेषण कांग्रेसभित्र सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *