२०८१ वैशाख २२ गते | 4th of May 2024

नेजस अमेरिकाद्वारा जन्मभुमीमा कोभिड पीडित सहयोगका लागि ४८ लाख रुपैयां सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ११ गते १५:१३

अमेरिका –  कोभिड महामारीको दोस्रो लहरवाट मातृभूमि नेपाल आक्रान्त बनेपछि नेपाली जनसम्पर्क समिती अमेरिकाले ४८ लाख बराबरको नेपाली रकम संकलन गरेर नेपाल पठाएको छ । जनसम्पर्क समिति अमेरिकाले कोरोना पिडितको लागि ४८ लाख रूपैया नेपाल पठायो

कोभिडका कारण उपचार अभावमा मातृभूमिका कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले समितीले ४१ हजार ३४ अमेरिकि डलर अर्थात नेपाली रुपैया ४८ लाख बराबरको रकम संकलन गरेर नेपाल पठाएको हो ।No description available.

नेपाली कांग्रेस,केन्द्रीय कार्यालयबाट जेठ २ गते पार्टी सभापति शेरबहादुर देउवाको परिपत्र अनुसार नेपाली जनसम्पर्क समिति,अमेरिकाले कोभिड–१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि रकम संकलन अभियान सुरु गरेको थियो । संकलित रकम दुई पटक गरी पार्टीले संचालन गरेको राष्ट्रिय वाणिज्य बैंक, टेकू शाखामा रहेको नेपाली कांग्रेसको खातामा जम्मा गरि सकिएको छ । यस बिषयमा नेपाली जनसंपर्क समिती अमेरिका सभापति तथा आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टका नाममा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार पार्टीको परिपत्र प्राप्त हुनासाथ नेपाली जनसम्पर्क समिति,अमेरिका केन्द्रीय समितिको बैठक बसी सभापती बिष्टकै संयोजकत्वमा पार्टी निर्देशन सहयोग रकम संकलन गर्ने निर्णय गरिएको थियो ।No description available.

बिष्टले बिपतका समय मातृभूमिप्रति देखाएको यस सद्भावको उच्च कदर गर्दै समितिको अनुरोध र पार्टीको परिपत्र अनुसार सहयोग रकम पठाउने सबै सहयोगी दाताहरुप्रति सिंगो पार्टी र नेपाली जनसम्पर्क समिति,अमेरिकाको तर्फबाट कृतज्ञता सहित धन्यवाद ब्यक्त गरेका छन् । कोरोना महामारीको यो संकटका बेला समितिका सदस्य एवं शुभेच्छुकहरुले पार्टीको आव्हानमा मन फुकाएर सहयोग गर्नु अत्यन्त महत्वपूर्ण कर्म भएको उल्लेख गर्दै सभापति बिष्टले दाताहरुबाट प्राप्त यस सहयोगले पार्टीको अभियानमा महत्वपूर्ण योगदान पुगेको बताएका छन् ।No description available.

साथै उनले पार्टीले आव्हान गरे अनुसार समितिको अनुरोधलाई स्वीकार गरी सहयोग पुर्याउने सम्पुर्ण सहयोग दाताहरु र सहयोग संकलन अभियानका जुटेका नेपाली जनसम्पर्क समितिका सबै पदाधिकारी तथा सदस्यप्रति आभार ब्यक्त समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *