२०८१ वैशाख २० गते | 2nd of May 2024

देउवाले प्रश्न गरे – छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १४ गते १४:२३

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भनी प्रश्न गरेका छन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको लोत्सेहलमा बुद्धिजीवीसँग गरेको अन्तक्र्रियामा बोल्दै सभापति देउवाले अरूको सम्मान गर्न नसक्ने व्यक्तिले देश चलाउन नसक्ने बताए । “रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?,” देउवाले प्रश्न गर्दै भने ।

प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा देउवालाई लोकतान्त्रिक मूल्य मान्यता छोडेर प्रचण्डपथमा हिँडेको भन्दै विपक्षी गठबन्धनमा सहभागी दलका शीर्ष नेतामाथि तिखो टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *