२०८१ पुष २९ गते | 13th of January 2025

बालुवाटार बैठकको निष्कर्ष तीन दिनभित्र राजपाको माग पुरा गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ४ गते ८:१७

काठमाडौं ४ साउन । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी तथा राजपाको बैठकमा राजपाले राखेको माग मध्ये संविधान संशोधनको माग बाहेक अन्य माग तीन दिन भित्र पुरा गर्ने सहमति जुटेको हो। त्यसपछि संविधान संशोधनको विषयलाई अघि बढाउने सहमति तीन दलबीच भएको छ। बैठकपछि कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधान संशोधनबाहेकका मागहरु ३ दिनभित्र पूरा गर्ने सहमति भएको जानकारी दिए।

‘मन्त्रिपरिषद् बैठक बसी मुद्दा फिर्ता गर्ने, घाइतेहरूलाई उपचार खर्च दिने र सहिद घोषणा गर्ने सहमति भयो,’ कोइरालाले भने, ‘त्यसपछि बसेर संविधान संशोधनमा छलफल हुन्छ।’ राजपाका मागहरु कति दिनभित्र सम्बोधन हुन्छ भन्ने पत्रकारको प्रतिप्रश्नमा कोइरालाले ३ दिनभित्रै हुने जवाफ दिए।

राजपाले संविधान संशोधनका अलावा आन्दोलनका क्रममा मारिएका सबैलाई सहिद घोषणा, अंगभंग भएकालाई जीवन निर्वाह भत्ता, पक्राउ परेका सबैको रिहाइ तथा मुद्दा फिर्ता गर्नुपर्ने लगायतका माग अघि सार्दै आएको छ। राजपा स्रोतका अनुसार पार्टीका करिब ३५ जना नेतारकार्यकर्ता अझै प्रहरीको नियन्त्रणमा छन् भने ९ जनालाई सहिद घोषणा गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *