२०८१ भदौ २४ गते | 9th of September 2024

अमेरिकी खोपको पहल गर्न राजदुत डा. खतिवडालाई प्रधानमन्त्री ओलीको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १६ गते १३:२४

काठमाडौँ – अमेरिकी खोप उत्पादक कम्पनीले तत्काल खोप आपूर्ति गर्न कठिन हुने बताएपछि सरकारले ताकेता गर्न वासिङ्टनस्थित नेपाली दूतावासलाई पुनः निर्देशन दिएको छ । सबै खालको कूटनीतिक कला प्रयोग गरेर जतिसक्दो छिटो खोप खरिदको व्यवस्था मिलाउन राजदूत डा‍. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

ओलीले अहिले परराष्ट्र मन्त्रालय पनि आफैसँग राखेका छन् ।   राष्ट्रपति कार्यालयले पनि परराष्ट्र मन्त्रालयमार्फत आफूले पठाएको पत्रको अवस्था बुझ्‍न सबै राजदूतलाई खबर गरेको छ ।  वासिङ्टनस्थित नेपाली नियोगका अधिकारीहरूका अनुसार  जोन्सन एन्ड जोन्सन र मोर्डनालगायतका कम्पनीले खोप तत्काल उपलब्ध गराउन गाह्रो हुने बताएसँगै सरकारले ताकेता गरको हो । सरकारले जोन्सन एन्ड जोन्सनबाट ५० लाख र मोर्डनाबाट २० लाख डोज खोप खरिदको प्रयास गरेको थियो । दुई साताअघि  जोन्सन एन्ड जोन्सन र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल संवादसमेत भएको थियो । खोप खरिदबारे भएको छलफल सकारात्मक थिएन । त्यतिबेला पनि जोन्सन एण्ड जोन्सनले कम्तीमा पनि सात महिनाअघि खोप उपलब्ध गराउन गाह्रो हुने बताएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।  विश्‍वव्यापी आपूर्तिका कारण प्राथमिकताअनुसार त्यति समय लाग्‍ने स्पष्‍टता पहिले नै पारेको थियो । तर, सरकारले तत्काल अमेरिकाबाट खोप आउने भन्दै भाषण गरेपछि अहिले दबाबमा परेको हो । (  ईकागज )

 

8 thoughts on “अमेरिकी खोपको पहल गर्न राजदुत डा. खतिवडालाई प्रधानमन्त्री ओलीको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *