२०८१ साउन १२ गते | 27th of July 2024

सातामा २१ अन्तर्राष्ट्रिय उडान हुने

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १६ गते १३:३२

काठमाडौं –  नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि अन्तर्राष्ट्रियतर्फको नियमित उडान तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले सातामा २१ अन्तर्राष्ट्रिय उडान हुनेगरी तालिका स्वीकृत गरेको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ । सरकारको सोही निर्णय अनुसार प्राधिकरणले उडान तालिका स्वीकृत गरेको जनाएको छ । सरकारले कोरिया र चीनका लागि नियमित उडान खोलेपनि त्यहाँका वायुसेवा कम्पनीले उडान अनुमति मागेका छैनन् । नेपाली वायुसेवा कम्पनीको उडान गन्तव्य नभएका मुलुकमा भने सम्बन्धित देशका वायुसेवा कम्पनीले सेवा दिनेछन् । कोरिया, टर्की, कुवेत र ओमानमा सम्बन्धित देशका एयरलाइन्सले नै सेवा दिनेछन् ।

नेपालबाट नेपाल एयरलाइन्सले नयाँदिल्ली, दोहा, दुबई, क्वालालाम्पुर र नारिता उडान गर्नेछ । यस्तै हिमालय एयरलाइन्सले दमाम, दुबई र क्वालालाम्पुर उडानका लागि अनुमति पाएको छ । नेपालबाट यात्रु लैजान पाउने विदेशी कम्पनीहरूमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् । उनीहरूको पनि उडान तालिका प्राधिकरणले स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *