२०८१ वैशाख २२ गते | 4th of May 2024

निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १७ गते १४:५८

 काठमाडौं –   नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र अब चाँडै नै खोप आइपुग्ने कम्पनीका उच्च अधिकारीले बताउनुभयो । तर उहाँले नाम उल्लेख गर्न चहानुभएन ।

उहाँले भन्नुभयो, ‘सबै प्रक्रिया पूरा भई सक्यो अब हामी नेपालमा खोप आइपुग्ने प्रतीक्षामा छौं । केही दिनमा नै हामी यसबारे जानकारी दिन्छौ ।’ उहाँले खोप नेपाल आइपुग्ने बित्तिकै खोप वितरण हुने बताउनुभयो । यस्तै औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले लोमस फर्मासुटिकल कम्पनीलाई खोप ल्याउने अनुमति दिइएको र सो कम्पनीले प्रयास गरी राखेको जानकारी आफूलाई भएको बताउनुभयो । यस्तै स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले निजी क्षेत्रले ल्याउने खोपको मूल्य, विक्री वितरण र खरिदलगायतका सबै कुराहरु स्वास्थ्य तथा जनसङूख्या मन्त्रालयले निर्धारण गरेको निर्देशिका अनुसार हुने बताउनुभयो । उहाँले मन्त्रालयले खोपका वितरण तथा खोप लगाउने र प्राथमिकता निर्धारण गर्ने कुराको अनुगमन गर्ने र मन्त्रालयले सूचीकृत गरेका अस्पतालहरूबाट मात्र सो खोप किनबेच गर्न सकिने बताउनुभयो । (गोरखापत्र )

Leave a Reply

Your email address will not be published. Required fields are marked *