२०८१ मंसिर १९ गते | 4th of December 2024

किन रोकियो तीन भाईले डाकेको बैठक ?

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १८ गते ८:१६

काठमाडौँ –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालाले आज गर्ने भनिएको बैठक स्थगित भएको छ ।  नेता त्रय बीच भएको पछिल्लो छलफलले  क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र असार १८ गते शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो ।  तर, क्रियाशीलको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्‍नुपर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको नेता प्रकाशमान सिहंले बताए ।

छलफलले प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको सिंहले बताएका छन् ।  निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *