२०८१ साउन १२ गते | 27th of July 2024

डा केसीले भने – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था बिग्रनुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार छन्

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १८ गते ८:३९

काठमाडौँ – डा.गोविन्द केसीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था दिनप्रतिदिन बिग्रनुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार रहेको आरोप लगाएका छन् । प्रतिष्‍ठानमा आउने बिरामीहरू र अध्ययनरत विद्यार्थीहरू बिचल्ली समेत बनेको केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘धरानस्थित प्रतिष्ठानको नजिकै खुलेका निजी मेडिकल कलेज र अस्पतालहरूका स्वार्थका लागि प्रतिष्ठान डुबाउन स्वयम् प्रधानमन्त्री र उनका स्वास्थ्यमन्त्री लागेको उनले विज्ञप्तिमा लेखेका छन्,’ लागेको कुरा बारम्बार मिडियामा सार्वजनिक भइरहेको छ । प्रधानमन्त्री ओली आफैं वीपी प्रतिष्ठानलाई डुबाएर नजिकैका निजी अस्पतालहरूको उद्घाटन गर्दै हिंडेका छन् ।’ नेपालको झण्डै एक चौथाइ जनसंख्याका लागि विशिष्ट तहसम्मको स्वास्थ्य सेवा दिने भनेर बनेको संस्था साधारण ल्याब परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड, सिटी र एमआरआइजस्ता जाँच गर्न नसक्ने अवस्थामा पुगेको छ । संस्था वर्षेनि अरबौ घाटामा रहँदा आम बिरामी वर्षेनी दुई अर्बभन्दा बढी रकम निजी अस्पतालहरुमा खर्च गर्न बाध्य रहेको बताएका छन् । ओली सरकारले देश जसरी चलाइरहेको छ, बीपी प्रतिष्ठानका पदाधिकारीले पनि संस्थालाई उसरी नै चलाएर बर्बादीतिर धकेलिरहेको केसीले जनाएका छन् । केसीले प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसको आरोप लगाएका छन् । तत्काल राजीनामा दिएर मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार वरिष्ठता, इमान्दारी र योग्यताका आधारमा नयाँ पदाधिकारी नियुक्त गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *