२०८१ साउन १२ गते | 27th of July 2024

कोइराला परिवारका ३ हस्ती एकै ठाउ, कांग्रेसको राजनीतिमा केही आशा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ४ गते १६:३३

काठमाडौँ ४ साउन । कांग्रेसका तिन कोइराला एक ठाउमा उभिएका छन । बीपीपुत्र महामन्त्री शशांक, नेता शेखर कोइराला र गिरिजापुत्री सुजाताबीच बुधबार बिहान काठमाडौंको टोखामा २ घन्टासम्म ‘लन्च मिटिङ’ भएको छ । करिब डेढ वर्षपछि नेपाली कांग्रेसका तीन कोइराला हस्ती एकै ठाउँ उभिएका हुन । यी तिन कोइराला गिरिजा जाप्रसाद कोइराला र सुशील कोइरालाको निधनपछि छिन्नभिन्न अवस्थामा रहेका थिए ।

गिरिजा र सुशीलको निधनपछि कांग्रेसमा कोइराला परिवारको लिगेसी नरहेको टिप्पणी भइरहेका बेला कांग्रेस महामन्त्री शशांक कोइरालाको पहलमा तीन कोइरालाबीच भेटघाट भएको हो । बुधबारको भेटपछि उनीहरुले केही सन्देश दिने कोशिश गरेका छन् । टोखास्थित आफ्नो निवासमा शशांकले बोलाएपछि पुगेका दाइ शेखर र दिदी सुजाता तथा शशांकबीच पार्टीमा मौलाएको गुटबन्दीबारे चर्चा भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विस्थापित गर्दै सरकारमा आएका शेरबहादुरले डेढ महिनासम्म मन्त्रिमण्डल विस्तार गर्न नसकिरहेका बेला तीन कोइरालाबीचको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *