२०८१ साउन १२ गते | 27th of July 2024

आगामी साता चीनबाट नेपाल आयात हुने १० लाख डोज प्राथमिकताको पहिचान गरेर मात्र दिइने

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १९ गते १५:३७

काठमाडौं – आगामी साता चीनबाट नेपाल आयात हुने १० लाख डोज प्राथमिकताको पहिचान गरेर मात्र दिइने जनाइएकाे छ । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले आगामी साता चीनबाट नेपाल आउने खोप प्राथमिकता पहिचान गरेर मात्र दिइने बताउनुभयाे । अहिले धेरै संघसस्था, वैदेशिक रोजगारीमा जानेहरुले खोपको माग गरिरहेको अवस्थामा अध्ययन गरेर मात्र दिइने उहाँको भनाइ छ ।

“जुन हाम्रो राष्ट्रिय खोप कार्यान्वयन योजना छ, यसलाई आधार मानेर अगाडि बढ्नेछौ, केही आवश्यकता र जोखिमको आधार हेरेर पनि केही निर्णय गर्न सन्छौँ” उहाँले भन्नुभयो । ६० देखि माथि उमेरसमूहका धेरै नागरिकले खोप लगाइसकेका कारण बाँकी रहेकालाई पनि खोपको सुनिश्चितता गर्दै नयाँ उमेर समूहमा जान सकिने उहाँको भनाइ छ । यसअघिको खोप कार्यक्रममा ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप दिने सरकारको निर्णय भए पनि पछि संशाेधित गरेर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई प्रदान गरिएको थियो । अहिले यातायात व्यावसायी, पेट्रोलपम्प सञ्चालक, चलचित्रकर्मीहरुले पनि आफूहरुलाई खोप दिनको लागि सरकारसँग आग्रह गरिरहेका छन् ।

(गोरखापत्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *