२०८१ वैशाख २३ गते | 5th of May 2024

एनआरएनए अमेरिकाको १०औं साधारण सभा न्यूयोर्कमा शुरु

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १९ गते १६:५८

कृष्ण केसी/न्यूयोर्क – गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिका को १० औं साधारणसभा जुलाई ३-४, २०२१ न्यूयोर्कको शेराटन होटलमा हुँदैछ ।

अमेरिकाको लागि नेपालका महामहिम राजदूत डा. युवराज खतिवडाले प्रमुख अतिथिको आशनबाट एनआरएनए एनसीसी अमेरिकाको १० औं साधारणसभा सुरु भएको घोषणा गर्दै कार्यक्रम अगाडि बढ्दै छ।

न्यूयोर्कको शेराटन होलतमा एनआरएनए अन्तराष्ट्रिय परिषदका उपाध्यक्षहरु डा बद्रि के सी, सोनाम लामा, रबिना थापा र सचिव गौरी जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, उपसंयोजक राम पोख्रेल, महिला संयोजक उमा थापा, अन्तराष्ट्रिय परिषदका सदस्यहरु, सल्लाहकार लगायतको उपस्थित रहेको छ।

निर्वाचित भएका ५० मध्ये २९ राज्य च्याप्टरबाट निर्वाचित र आउट गोइन सबैजसो, प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. केशब पौडेल र संरक्षकहरु, एनआरएनए एनसीसी अमेरिकाको वर्तमान र निर्वाचित कार्यसमिति, पंजीकृत सदस्य तथा प्रतिनिधि, पत्रकारहरुको उपस्थिती रहेको छ।

त्यसैगरी भर्खरै तेश्रो पटक पुनर्बहाल भएको नेपाली जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द बिष्ट, बरिष्ठ उपाध्यक्ष धनन्जय नर्सिङ केसी, महासचिव मुनिन्द्र नेम्बाङ्ग लगायत स्थानीय संघ-संस्था,  तीनका प्रतिनिधी तथा पत्रकारहरुको उपस्थिति रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *