२०८१ साउन १२ गते | 27th of July 2024

प्रतिनिधि सभा विघटनको बिरोधमा राष्ट्रिय सभामा कालो टोपी

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २१ गते ११:११

काठमाडौं – नेपाली कांग्रेसका सांसदले राष्ट्रिय सभा बैठकमा सरकारको विरोधमा कालो टोपी प्रदर्शन गरेका छन्। कांग्रेस सांसद रमेशजंग रायमाझीले सरकार र प्रतिनिधि सभा विघटनविरूद्ध सांकेतिक रूपमा कालो क्याप देखाएका हुन्। ‘मैले यो सदनमा टोपी लगाएँ होला’, रायमाझीले भने, ‘आज क्याप लगाएर प्रवेश गरेको छु। सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमविरूद्ध सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु।’

उनले आफूले नगरपालिकामा बस्दा समेत कहिल्यै क्याप नलगाएको उल्लेख गरे। ‘मैले मोरङको सुदरहरैंचा नगरपालिकामा बस्दा पनि क्याप लगाएको थिइनँ। आज झन्डाको रूपमा सांकेतिक रूपमा सरकार  र प्रतिनिध सभा विघटनविरूद्ध आवाज उठाएको छु।’ रायमाझी राष्ट्रिय सभा बैठकमा सहभागी हुन कालो क्याप, कालो सर्ट, कालो कोट लगाएर पुगेका थिए। रायमाझीले लकडाउनको अवस्था नभएको भए प्रतिनिधि सभा विघटनविरूद्ध लाखौं मान्छे कालो झन्डा बोकेर सडकमा निस्कने अवस्था रहेको तर्कसमेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *