युटाह – राष्ट्रीय आविस्कार केन्द्रका संयोजक डा. महाबिर पुन आफ्नो अमेरिका भ्रमणको क्रममा अमेरिकाको युटाह राज्यमा पुगेका छन । कोभिड-१९ को महामारीमा जन्मभुमी नेपालमा आवश्यक मेडिकल सामग्रीहरुको उत्पादनमा लागेर जनताको मन जितेको केन्द्रका प्रमुख पुन अमेरिका नेपाल मेडिकल फाउन्डेशनको निमन्त्रणामा हाल अमेरिका भ्रमणमा छन ।
नेपाल सरकारको सहयोग बिना नै आफ्नै बलिबुता र शुभेच्छुकहरुको सहयोगले विज्ञान-प्रविधी, सुचना-संचार, शिक्षा-स्वास्थ्यमा अतुलनीय सेवा र आविष्कार गर्दै आएको राष्ट्रीय आविस्कार केन्द्रको सहयोगका लागि पुनको अमेरिका भ्रमणका क्रममा बिभिन्न राज्यबाट सहयोग जुटीरहेको छ । अमेरिकाको युटाह राज्यको साल्ट लेक शहरको काठमाडौं रेस्टुरेन्टमा आयोजित भेटघाट तथा अन्तर्कृया कार्यक्रममा रेस्टुरेन्टले खाना तथा हलको ब्यवस्था गरेको थियो ।
कार्यक्रममा वैज्ञानीक, सामाजिक अभियान्ताहरु, बिद्धार्थीहरु, ब्यापारीहरु, स्थानिय संघ संस्थाका प्रतिनिधीहरु, स्वास्थ्यकर्मी लगायत बिभिन्न महानुभावहरुको उपस्थिती थियो । कार्यक्रममा केन्द्रको लागि २,७११ डलर संकलन भएको जनाईएको छ । कार्यक्रमको संयोजन गोबिन्द ढकालले गरेका थिए ।


