२०८१ वैशाख २४ गते | 6th of May 2024

एनआरएनए अमेरिकाको प्रवक्तामा पत्रकार तोया दाहाल

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २२ गते १६:१५

सान्फ्रान्सिस्को – एनआरएनए अमेरिकाको प्रवक्तामा पत्रकार तोया दाहाल नियुक्त भएका छन । बिगत लामो समयदेखी क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को शहरमा रहंदै आएका दाहाल अमेरिकामा पत्रकारिता र सामुदायिक सेवामा निरन्तर सकृय छन । निवर्तमान कार्यसमितीमै प्रवक्ता पदमा मनोनयन पाउने चर्चामा रहेका दाहाल नव-निर्वाचित एनआरएनए अमेरिकाको अध्यक्ष बुद्धी सुवेदीको कार्यसमितिमा प्रवक्ताको भूमिकामा रहनेछन ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का पुर्व महासचिव दाहाल कान्तिपुरको चर्ची कार्यक्रम ‘कान्तिपुर आज’ का प्रोडुसर हुन । दाहालले कान्तिपुर मिडिया लगायत राजधानी दैनिक र देशान्तर साप्ताहिकमा समेत काम गरिसकेका छन् । कम बोल्ने, सालीन र वैचारिक क्षमताका दाहालको नियुक्तीले अमेरिकी नेपाली पत्रकारीता क्षेत्रलाई गरिएको सम्मानको रुपमा हेरिएको छ, भलै दाहाललाई एनआरएनए अमेरिकामा ‘मनपर्ने’ कुनै समुह होला । नेजा र ईन्जाले एनआरएनए अमेरिकाको प्रवक्तामा दाहालको मनोनयनलाई खुशी ब्यक्त गर्दै बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका छन ।

एनआरएनए अमेरिका जस्तो सबैभन्दा ठुलो एनसिसीमा दाहालको यो जिम्मेवारी सहज भने छैन । भर्खरै न्यूयोर्कमा सम्पन्न एनआरएनए अमेरिकाको १०औं साधारण सभामा देखिएको उदन्डताबिच दाहाललाई संस्थाभित्र ‘परको वक्ता’ भन्दा पनि असली ‘प्रवक्ता’ बन्नुपर्ने दायित्व छ । दुरबिन नेपालका प्रधान सम्पादक तथा नवनियुक्त प्रवक्ता दाहाललाई हार्दिक मंगलमय शुभकामना तथा सफल कार्यकालको शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *