२०८१ वैशाख २६ गते | 8th of May 2024

हाइटीका राष्ट्रपतिको गोली हानी हत्या

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २३ गते १४:४६

काठमाडौँ – हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफका अनुसार राष्ट्रपति मोइसको हत्या बुधबार बिहान गरिएको हो ।  अपरिचित समूहले पोर्ट औ प्रिन्सस्थित मोइसको घर पुगी आक्रमण गरेको र मोइसको हत्या गरेका बताइएको छ । आक्रमणमा परी मोइसकी पत्‍नी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

माइसको हत्याबारेमा थप केही बताइएको छैन ।  ५३ वर्षिय मोइसले पछिल्लो समय विपक्षीबाट राजिनामाको माग खेपिरहेका थिए । विपक्षीहरूले उनको राष्ट्रपतिय कार्यकाल फेब्रुअरीमै सकिएकाले तुरुन्त राजीनामा दिनुपर्ने बताउँदै आएका थिए ।  मोइस तथा उनका समर्थकको भने राष्ट्रिपतिय कार्यकाल सकिँन समय रहेको दाबी रहँदै आएको छ । हाइटीमा सन् २०२१ को अन्त्यमा आम निर्वाचन हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *