२०८१ वैशाख १८ गते | 30th of April 2024

अस्ट्राजेनिकाको खोप आगामी तीन हप्ता भित्र नेपालले पाउने

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २३ गते १५:०५

काठमाडौं –   कोभ्याक्स  सुविधाअन्तर्गत नेपालले पाउने अस्ट्राजेनिकाको खोप यही जुलाइको अन्त्यसम्म अर्थात आगामी तीन हप्ता भित्र नेपालले पाउने भएको छ । तर, त्यो खोप कुन मितिमा नेपाल आपुग्छ भन्ने मिति भने तय हुन बाँकी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले कोम्याक्स सुविधाअन्तर्गतको अस्ट्राजेनिकाको खोप यही जुलाई महिनाको अन्त्यसम्ममा नेपाललाई उपलब्ध गराउने निर्णय भइसकेको भएपनि कुन मिति र समयमा नेपाल आइपुग्छ भन्ने तय हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले नेपालले अस्ट्राजेनिकाको १५ लाख डोज खोप उपलब्ध गराउन आग्रह गरको भए पनि कोम्याक्स सुविधाअन्तर्गत तीन लाख ५० हजारदेखि १५ लाख मात्रासम्म खोप यो जुलाइको अन्त्यसम्म नेपालमा आइपुग्ने बताउनुभयो । अस्ट्रजेनिकाले उपलब्ध गराउने खोप यसअघि भारतले उपलब्ध गराएको कोभिसिल्ड खोप एउटै कम्पोजिसनबाट बनेकाले कोभिसिल्ड पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिका लागि लगाउन सकिनेछ । नेपालमा २५ लाख ८१ हजार १९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसमध्ये सात लाख ४५ हजार ७४४ जनाले मात्रै दोस्रो डोज (मात्रा) खोप लगाएका छन् । यो सङ्ख्या पहिलो डोज खोप लगाउनेको २८.९ प्रतिशत मात्रै हो । बाँकी ७१.१ प्रतिशतले अहिलेसम्म दोस्रो खोप पाएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *