२०८१ वैशाख २१ गते | 3rd of May 2024

एमाले बिवाद समाधानमा अलमलाउने सस्थापन पक्षको नीति

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २४ गते १५:२८

काठमाडौं – सत्तारुढ नेकपा एमालेको आन्तरिक बिवाद मिलाउन गठन गरिएको कार्यदल बैठकमा मात्र सिमित भएको छ । पछिल्ला केही दिन यताका बैठकमा सहमतिको मार्ग जुटेको प्रतिकृया नेताहरुले दिए पनि निचोड ननिस्कदा संस्थापन पक्षको अल्मल्याउने नीति भएको भनि आलोचना गर्न थालिएको छ ।   विवाद समाधानका लागि बनेको कार्यदलको बैठक भोलि बिहान फेरि बस्ने गरी सकिएको छ। आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडलबाहेक कार्यदलका अन्य सबै नेता सहभागी थिए।  मन्त्रिपरिषद बैठक चलिरहेकाले पौडेल बैठकमा उपस्थित नभएपछि भोलि बिहान साढे ११ बजे बस्ने गरि आजको बैठक सकिएको हो।

कार्यदलका सदस्य घनश्याम भुसालले छलफलमा कुनै प्रगति नभएको बताएका छन् । अनौपचारिक रूपमा १० दिन अघिदेखि तयार पारेको मस्यौदामा अहिलेसम्म कार्यदल प्रवेश गर्न नसकेको उनले बताए । ‘१० दिनदेखि केही पनि प्रगति भएको छैन । जुन अवस्थामा पहिले थियौँ अहिले त्यही अवस्थामा छौँ’,बैठकपछि उनले भने,‘अनौचारिक रूपमा छलफल गरेपछि केही एजेन्डाहरू तय गरेका थियौं। गत १० दिनदेखि हामीले खास ठोस निर्णय गर्न सकेका छैनौं। विभिन्न कारणले आज अगाडि बढ्न सकेनौं। भोलि साढे ११ बजे पुन बस्नेछौ’, उनले भने।

अध्यक्ष केपी ओली पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले भोलि बस्ने बैठकले टुंगोमा पुर्‍याउने बताए। ‘भोलि साढे ११ बजे बस्ने बैठकले यसलाई टुंगोमा पुर्‍याउँछ भन्नेमा हामी आशावादी छौं’, उनले भने,  ‘‍हामी विषयबस्तुलाई निष्कर्षमा पुर्‍याउने गरि छलफल गरिरहेका छन्।’ ‘तीन वर्षदेखि जुन तुष छ, त्यहाँबाट यो ठाउँसम्म ल्याइपुर्‍याएका छौं भने यो ठूलो कुरा हो। भोली (शुक्रबार) ११:३० बजेको बैठकले टुंग्याउनेमा आशावादी छौं,’ नेता नेम्वाङले भने। बिवाद मिलाउन भनी छलफल चलिरहे पनि यही २८ गते सर्वोच्च अदालतले गर्ने फैसलाले नेकपाको बिवाद के हुने त्यसपछि मात्र निर्णय आउने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *