काठमाडौं – कोभिड–१९ टेष्ट पोजेटिभिटी दरका हिसाबले नेपाल अझै जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिले टेष्ट पोजेटिभिटी दर २२.३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
यो दरले प्रत्येक ५ जनामा परीक्षण गर्दा १ जना संक्रमित भएको देखाउँने डा. पौडेल बताउँछन् । नेपालमा अहिले सबैभन्दा बढी कर्णाली प्रदेशमा संक्रमण दर रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै दोस्रोमा गण्डकी प्रदेशमा ३३.९ प्रतिशत र तेस्रोमा प्रदेश १ मा ३१.८ प्रतिशत टेष्ट पोजेटिभिटी दर रहेको मन्त्रालयले जनाएको छ ।