२०८१ साउन १२ गते | 27th of July 2024

वायु सेवा निगमलाई निजीकरण गर्ने कुनै पनि योजना नरहेको पर्यटन मन्त्रालयको दाबी

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २७ गते १२:२९

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने कुनै पनि योजना नरहेको दाबी गरेको छ । आइतबार मन्त्रालयले विज्ञप्ति जारी निगमलाई निजीकरण गर्ने विषयमा छलफल नभएको समेत जानकारी दिएको छ ।

नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेको कार्यहरूको सम्बन्धमा विभिन्‍न महानुभावहरूबाट भ्रमपूर्ण सूचना तथा समाचारप्रति मन्त्रालयले आपत्ति जनाएको छ । निगमलाई  निजीकरण गर्न लागेको भन्दै केही दिनदेखि यता कर्मचारीहरूले विरोध गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *