२०८१ साउन १२ गते | 27th of July 2024

विपक्षी गठबन्धनको औचित्य सकिएको नेता माधव नेपालको भनाई , अब पार्टी निर्माणको काममा ध्यान दिने

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २८ गते १४:४९

काठमाडौं – सर्वोच्च अदालतको सोमबारको ऐतिहासिक फैसला पछि नेकपा एमाले अब के होला भन्ने चासोका बीच नेता माधवकुमार नेपालले पार्टी भित्रै संघर्ष गर्ने धारणा व्यक्त गरेका छन ।     नेता  नेपालले आज बसेको विपक्षी गठबन्धनको बैठकमा  आफू सधैँ विपक्षी गठबन्धनमा रहन नसक्ने स्पष्ट पारेका छन् । “यो गठबन्धनले एउटा चरण पार गर्‍यो । निरन्तर रहन सक्ने अवस्था हुँदैन,” माधव नेपालको भनाई उद्धृत गर्दै नेता रघुजी पन्तले भने, “पार्टी एकतामा जाने हुनाले अब बुझिदिनुहुनेछ । सरकारमा जाने कि नजाने भन्ने निर्णय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले गर्नेछ ।”

पन्तका अनुसार सिंगो नेकपा एमाले एकताबद्ध बनाउने प्रयास रहनेछ । “लोकतन्त्रको लडाईँको लागि थियो । संघीयताको रक्षाको लागि थियो । नागरिक अधिकारको रक्षाका लागि थियो,” नेपालको भनाई उद्धृत गर्दै पन्तले भने, “जनताका अधिकार र हितमा जहिले पनि काम गर्न सक्नुपर्छ । अब बन्ने सरकारले त्यस दिशामा काम गर्न सकोस् । हाम्रो पार्टी विभाजित अवस्थामा थियौँ । केही दिनदेखि परिवर्तित अवस्था देखिएको छ । पार्टी निर्माणको कामलाई ध्यान दिनुपर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *