२०८१ माघ २ गते | 15th of January 2025

देउवा बने प्रधानमन्त्री

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २९ गते १५:५३

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ खुवाएकी छिन्। मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा भण्डारीले प्रधानमन्त्री देउवालाई शपथ खुवाएकी हुन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश जारी गरेको थियो।राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको जनाएको थियो।संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको नियुक्ति भए पनि राष्ट्रपति कार्यालयले सो कुरा उल्लेख नगरीकन प्रधानमन्त्री नियुक्ति गरेको पत्र जारी गरेको थियो।  उक्त भाषा परिमार्जन गर्नुपर्ने भन्दै साँझ ६ बजे राखिएको सपथग्रहणमा देउवा सहभागी भएका थिएनन्। भाषा सच्याइएपछि देउवाले सपथ लिएको राष्ट्रपति कार्यालय स्रोतले जनायो। नवनियुक्त प्रधानमन्त्री देउवाले कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री,    ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री तथा माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्री नियुक्त गरेका छन्। उनीहरू सबैलाई प्रधानमन्त्री देउवाले सपथ खुवाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *