२०८१ साउन ११ गते | 26th of July 2024

पूर्वउपप्रधानमन्त्री गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर छुटे

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ३० गते १४:२२

काठमाडौँ  – पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई ललिता निवास जग्गाको भ्रष्टाचार प्रकरणमा १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।  उनका कानुन व्यवसायीका ललित बस्नेतका अनुसार अदालतले तोके बमोजिमको धरौटी रकम बुझाएर  उनी छुटेका हुन्।

बुधबार विशेष अदालतले उक्त प्रकरणमा गच्छदारलाई थुनामा नराखी धरौटीमा छोड्ने निर्णय लिएको हो ।  यसअघि त्यसै प्रकरणमा जोडिएका नेपाल सरकार तत्कालीन सचिव दीप बस्न्यातलाई भने अदालतले थुनामा पठाएको थियो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध उक्त जग्गा प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा  चलाएको थियो । उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदारले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा लगी भ्रष्टाचारजन्य कार्यमा संलग्‍न भएको आयोगले अभियोग लगाएको थियो । गच्छदार सत्तारुढ नेपाली कांग्रेसका उपसभापति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *