काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको नेकपा कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए । भेटमा चन्द नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला समेत सहभागी थिए ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको उनले बताए । आजै नेकपा सचिवालय बैठकले राजनीतिक भेटघाटलाई तीब्रता दिने निर्णय गरेको थियो ।