२०८२ फागुन २८ गते | 12th of March 2026

महान्यायाधिवक्ता बने खम्बबहादुर खाती

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ३१ गते १४:३४

काठमाडौँ – महान्यायाधिवक्तामा खम्बबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुरा निवासी खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता श्री खम्म बहादुर खातीलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *