२०८१ वैशाख १८ गते | 30th of April 2024

खोप केन्‍द्रहरू बढाउन प्रधानमन्‍त्री शेरबहादुर देउवाको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १ गते १२:३८

काठमाडौँ – प्रधानमन्‍त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार खोप केन्‍द्रहरू बढाउन निर्देशन दिएका छन् । खोप केन्‍द्रमा लामो लाइन देखिएको भन्‍दै मुख्‍यसचिव र स्वास्‍थ्य सचिवलाई खोप केन्द्रहरू बढाउन निर्देशन दिएको प्रधानमन्‍त्री देउवाको सचिवलायले जनाएको छ ।

सचिवालयकाअनुसार खोप केन्‍द्र बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउनसमेत प्रधानमन्‍त्री देउवाले निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *