२०८१ माघ २ गते | 15th of January 2025

चीनले थप १६ लाख डोज खोप अनुदानमा नेपाललाई दिने

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १ गते १२:४४

काठमाडौं – उत्तरी छिमेकी चीनले थप १६ लाख डोज खोप अनुदानमा नेपाललाई दिने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन्। उनले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिएकी हुन्।

यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ। केही दिनअघि भएको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले आगामी दिनमा नेपाललाई थप खोप सहयोग गर्ने बताएकी थिइन्।  प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच आज भएको भेटमा नेपाल-चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राजदूत यान्छीले कोरोनाविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताएकी थिइन्।

प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए। यसअघि मित्र राष्ट्र अमेरिका र भारतका राजदूत प्रधानमन्त्री देउवालाई बधाई दिन उनकै निवास बुढानिलकण्ठ पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *