२०८१ साउन ११ गते | 26th of July 2024

को बन्ला प्रधानमन्त्री देउवाको सारथी ?

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २ गते १५:००

काठमाडौँ – सर्वोच्च अदालतको परमादेश पछि प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको किचन क्याबिनेटमा  कसले प्रबेश पाउला सवैको प्रतिक्षाको विषय बनेको छ । यस अघि चार पटक प्रधानमन्त्री भैसकेपनि उनको व्यवस्थित काम गर्ने तरिका भने देखिएको छैन ।  प्रधामन्त्री  देउवा प्रविधिमा पनि खासै रुचि राख्दैनन् । सायद यसैले होला, यतिबेला आफ्नो सरकारी ट्वीटर ह्याण्डलसमेत व्यवस्थित गर्न सकिरहेका छैनन् । उनले सञ्‍चार क्षेत्र हेर्ने, अन्य निकायमा आफूलाई सवल सल्लाह दिने र निरपेक्ष ढंगले काम गर्ने समूह बनाउन पनि भ्याएका छैनन् ।

प्रधानमन्त्री भएको  केही दिन भइसक्दा पनि उनले त्यसतर्फ कसैलाई जिम्मा दिन नसक्नु भनेको कि अब्बल मानिस नभेट्नु हो, कि त अधिकले आफूलाई प्रस्तुत गर्दा कसलाई बनाउने भनेर अन्यौलमा पर्नु हो ।  हुनत अहिले कोही न कोहीको फेरो समाएर नियुक्ति खोज्दै बालुवाटार पुग्‍नेको सूची  लामै छ । कतिपयले प्रधानमन्त्री पत्‍नी डा. आरजु राणा देउवा मार्फत आफ्ना कुरा पुर्‍याउन खोजेका छन् । प्रधानमन्त्री देउवाको क्याबिनेटमा रहेका हालका दुई मन्त्रीहरु पनि प्रबिधि र अन्यमा कमजोर नै छन यो अवस्थामा प्रधानमन्त्री देउवालाई निर्णय प्रक्रियामा सल्लाह र सहयोग गरिहाल्ने व्यक्ति पत्नी राणा बाहेक हाल सम्म देखिएको छैन । देउवालाई हाल पुर्णबहादुर खडकाले सघाएको देखिए पनि उनीको प्रयास मात्र कति सार्थक होला र ?  यो अवस्थामा देउवा सँग सहकार्य गर्ने र उनलाई सफल बनाउने पात्र को होेला र प्रबेश कसरी होला केही दिनमा देखिने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *