२०८१ साउन १२ गते | 27th of July 2024

देउवालाई जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पनि विश्वासको मत दिने

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ३ गते १३:०६

काठमाडौं – प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पनि विश्वासको मत दिने भएको छ। प्रधानमन्त्री देउवासँग भएको छलफलमा जसपाले उठाइरहेका माग पूरा गर्ने प्रधानमन्त्री देउवाले बचन दिएकोले विश्वासको मत दिन लागेको जसपाका अध्यक्ष ठाकुर पक्षका सांसद उमाशंकर अरगरियाले  बताए।

‘पहिला पत्र लेख्नुभयो। त्यसपछि हाम्रो जति माग छ पूरा गर्छौँ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो’, अरगरियाले भने, ‘संसदमा बोल्ने बेलामा पनि माग पूरा गर्छौँ भनेर राख्छु भन्नुभयो। अनि हामीले दलको बैठक बसेर निर्णय गर्‍यौँ।’  अरगरियाका अनुसार प्रधानमन्त्रीले ठाकुरसँगै राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झासँग छलफल गरेका थिए।

प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दै अध्यक्ष ठाकुरलाई आज पत्र पठाएका थिए। उक्त पत्र प्राप्त भएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुर पक्षबीच संसद भवनमै छलफल भएको थियो। जसपाको उपेन्द्र यादव पक्षले भने प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिने बताइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *