२०८१ वैशाख २२ गते | 4th of May 2024

एमालेले हेपेको भन्दै प्रचण्डले दिए चेतावनी

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ३ गते १४:४४

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले हेपेको भन्दै नहेप्न चेतावनी दिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्दै दाहालले माओवादी केही होइन भन्ने मानसिकता हटाउन पनि आग्रह गरे ।

‘धेरै जसोलाई संसद पुनस्थापना भएकोमा आनन्द भएको छ । मैले बुझ्छु नी नबुज्ने होइन । विवेक प्रयोग गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिऔँ  इतिहास लेखौँ,’ उनले भने, ‘माओवादी केही होइन यसलाई मिचिदिए हुन्छ भन्ने ठाने केही साथिहरुले । फुटेको छ । यो केही होइन भनेर आगोसँग खेल्ने काम त्यति राम्रो होइन । हेप्न थाल्नु भयो, अपमान गर्न थाल्नु भयो भने आगो फेरि सल्किन थाल्छ ।’  उनले एमालेले माइनस गर्न खोजेको भन्दै आपत्ति जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *