काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग विश्वासको मत माग्नुभएको छ । देशको साझा चुनौतिको सामना गर्न सबै दलसँग आफू सहकार्य र समन्वय गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्र्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । बहुदलीय व्यवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुनु स्वभाविक रहे पनि आफू जनताको माग पूरा गर्न केन्द्रित रहने प्रतिवद्धता जनाउनुभयो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको राम्रो कामलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।
ओली नेतृत्वको सरकारले केही राम्रो काम पनि गरेकाले प्रधानमन्त्री देउवाले त्यसकालागि धन्यवाद व्यक्त गर्नुभयो । कोभिड नियन्त्रणका लागि सरकार सबै प्रयत्न गर्ने र सबैको सहयोगको उहाँले अपेक्षा गर्नुभयो ।