२०८३ वैशाख ३ गते | 16th of April 2026

ओली सरकारका पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ४ गते १४:०५

काठमाडौं – सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ।

ओली सरकारले जेठ १ मा यी देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। आज बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको बताए।  संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको छ।

अघिल्लो सरकारले गत जेठ १ गते रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रियाका लागि राजदूत नियुक्त गरेको थियो। साथै प्रवक्ता कार्कीका अनुसार भारतसँग अब सातामा भारतमा तीन वटा फ्लाइट हुनेछ। यसअघि सातामा एक फ्लाइट मात्र हुने गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *