२०८२ फागुन २१ गते | 5th of March 2026

प्रधानमन्त्री देउवाले पार्टी बैठक सरकारी निवास बालुवाटारमा नराख्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ७ गते १५:२१

काठमाडौ  – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने भएका छन्। गत शुक्रबार र शनिबार पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट पनि आलोचना खेपेका देउवाले पदाधिकारी बैठक अबदेखि पार्टी कार्यालय सानेपा वा सभापतिको निजी निवास बूढानिलकण्ठमा गर्ने बताएका छन्।  सोहीअनुसार शुक्रबार सभापति देउवाकै निजी निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बोलाइएको छ।

महामन्त्री पूर्णबहादुर खड्काले अबदेखि पार्टी बैठक बालुवाटारमा नहुने बताए। ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि कांग्रेसको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भएको छ। सोही निर्णयको कार्यान्वयनको प्रारम्भ भोलि साउन ८ मा पार्टी पदाधिकारी बैठक र पूर्वपदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दैछ,’ महामन्त्री खड्काले भने। कांग्रेसले १४ औं महाधिवेशन तयारीका लागि बैठक राखेको छ। साउन १२ मा वडा अधिवेशन गर्ने भने पनि अहिलेसम्म क्रियाशीलको टुंगो लागेको छैन।पार्टी कार्यालयमा विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताले धर्ना दिएकोले बुढानिलकण्ठमा बैठक बस्न लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *