२०८१ जेठ ६ गते | 19th of May 2024

नेजाको सातौ अधिवेशनको तयारी पुरा, नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेल अमेरिकामा

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ७ गते १६:०४

अमेरिका – नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल अमेरिका आईपुगेका छन ।  अमेरिका पत्रकार संघ(नेजा)को  सातौ अधिवेशनमा सहभागी हुन पोख्रेल अमेरिका आएका हुन ।

अध्यक्ष पोख्रेललाई भर्जिनयास्थित डुलस अन्तर्राष्ट्रिय विमानस्थलमा नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल,  कार्कायवाहक अध्यक्ष विकासराज न्यौपाने, कार्यसमिति सदस्य निदेश अधिकारी, नेजाका सदस्यहरू विजय घिमिरे, अनिल अधिकारी,  सोफिन थापा,  आशिष संग्रोला (बोर्ड अफ डाइरेक्टर एनआरएन-अमेरिका) लगायतले विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

संघको अधिवेशन आउँदो शनिवार र आईतवार भर्जिनियामा हुँदैंछ ।

तयारी पुर्ण : 

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को साँतौं अधिवेशन तथा १४ औं साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । भर्जिनियामा जुलाई २४ र २५ , २०२१ मा हुने संघको अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल आउनुहुने भएको छ ।
त्यसैगरी पत्रकार महासंघ तथा प्रेस काउन्सीलका पूर्व अध्यक्ष हरीहर बिरही पनि अधिवेशनको उद्घाटनमा सहभागि हुनुहुनेछ । त्यस्तै, महामहिम राजदुत डा. युवराज खतिवडा, मेरिल्याण्ड हाउस अफ स्टेटका डेलिगेट्स ह्यारी भण्डारी, एनआरएनए आइसिसी तथा एनसिसी युएसएका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रमुखहरुको अधिवेशनमा सहभागिता रहनेछ ।
संघको अधिवेशनमा संघका संस्थापकहरुको पनि उपस्थिति रहनेछ भने उत्तर अमेरिकामा रहनुभएका संघका सदस्यहरुको जमघट हुनेछ । संघकी डिसी मेट्रो क्षेत्रका संयोजक तथा व्यवस्थापन समिति संयोजक लिला ओझाका अनुसार अधिवेशन लक्षित तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनमा आउनुहुने पत्रकारहरुलाई केही आवश्यक परे सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *