२०८० असोज ५ गते | 22nd of September 2023

अनेसास लस एन्जलस च्याप्टरको आयोजनामा २०८औं भानु जयन्ती सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ७ गते १९:०८

लस एन्जलस – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस एन्जलस च्याप्टरको आयोजनामा २०८औं भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ । च्याप्टरले नेपाली भाषाका माध्यमवाट जन्मभुमी र प्रवासी नेपालीलाई एकताको सुत्रमा बाध्ने काम गर्ने नेपाली साहित्यका नक्षत्र आदिकवि भानुभक्त आचार्यको जुलाई १८ २०२१ मा २०८ औं जन्मजयन्ती मनाएको छ । प्रवासी नेपाली समुदायको गौरब श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर नर्वाल्कको सभा हलमा सम्पन्न साहित्य कार्यक्रम तथा ‘MEET & GREET’ कार्यक्रममा कवितावाचन गरिएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस एन्जलस च्याप्टरका सभापति तिलक कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका महाबाणिज्यदुत महामहिम श्री ऋषी ढकाल तथा अतिथिहरुको रुपमा मन्दिरका पूजारी आचार्य जीवन बराल, फाउन्डेशनका अध्यक्ष मुकुन्द ढुंगाना, एनआरएनए क्यालिफोर्निय च्याप्टरका अध्यक्ष एकदेव शर्मा, गुरु बिष्णु पौडेल उपस्थित थिए । एनडब्लुजीएनकी अध्यक्ष सपना सेढाईं थपलिया, श्रीमती शुशिला पाण्डेले भानुभक्त आचार्यको योगदानको बारेमा तथा डन कार्की, सुवास भण्डारी, श्रीमती शुशिला पाण्डेले कविता बाचन गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टरका बोर्ड सदस्य सुवास भण्डारीले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टरका महासचिव सिद्धार्थ सिलवालले संचालन गर्नु भएको थियो कार्यक्रममा नानीहरु त्रिष्णा ज्ञवाली, आलिया शर्माले श्री सुरज श्रेष्ठको संयोजनमा नृत्य प्रस्तूत गरेका थिए ।

कार्यक्रममा मोहन नुरे शर्मा, बेदनिधी आचार्य, मदन अधिकारी, रियल्टर सुरेन सापकोटा, रोशन अधिकारी, गोकुल ढकाल, बिमल श्रेष्ठ, कोषराज थपलिया, सुरज श्रेष्ठ लगायतका स्थानियको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *