२०८१ साउन १२ गते | 27th of July 2024

निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रधानमन्त्री देउवाको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १० गते १५:०९

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गर्न निर्देशन दिएका छन् । आइतबार साँझ गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले निर्मलाको हत्यामा संलग्नलाई चाँडो कारबाही गर्न निर्देशन दिएका हुन् ।

देउवाले आफूले निर्मला पन्तको हत्याको घटनाबारे अहिलेसम्म भएको अनसुन्धानबारे पनि जानकारी लिएको जनाएका छन् । ट्विटरमार्फत देउवाले भनेका छन्,“निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।” २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मलाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । हत्या भएकाे तीन वर्ष पुगिसक्दा पनि दाेषी पत्ता लागेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *