काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गुर्नभएको छ ।
सो कुरा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री देउवामा नै रहने उल्लेख छ । भोजपुरका श्रेष्ठको पहिचान निजी विद्यालय सञ्चालनसँग जोडिन्छ। उनले करिब चालीस वर्ष नेपालमा निजी क्षेत्रको शिक्षामा बिताएका छन्।