२०८१ साउन १२ गते | 27th of July 2024

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ११ गते १४:१४

काठमाडौं – निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएको छ । निर्वाचन आयोगको सोमबार बसेको इजलासले यस्तो निर्णय गरेको हो । बहुमत यादव पक्षमा देखिएकाले आधिकारिकता दिने फैसला गरेको सचिव सुरेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार महन्थ ठाकुर पक्षले अब अर्को दल दर्ता गर्नुपर्नेछ । निर्वाचन आयोगले सोमबार जसपाका केन्द्रीय कार्यकारिणी समितिको हेड काउन्ट गरेको थियो । जसमा ३४ जना उपेन्द्र यादवको पक्षमा उभिएका थिए भने १६ जना महन्थ ठाकुर पक्षमा र एकजना तटस्थ बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *