२०८२ असोज ३० गते | 16th of October 2025

पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दाबाट सफाइ , उपप्रधानमन्त्री बन्ने सम्भावना

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १२ गते ११:५२

काठमाडौं –    उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको छ। न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको उच्च अदालत पाटनका रजिष्टार गजेन्द्र बहादुर सिंहले  जानकारी दिए। ‘न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासबाट पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसला सदर हुने गरी फैसला भएको छ,’ सिंहले भने।

काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो।  महराले सफाई पाए सँगै वर्तमान सरकारमा उनको सहभागिता हुने अनुमान गरिएको छ । श्रोतले महराले उपप्रधानमन्त्री   सहित एक महत्वपुर्ण मन्त्रालय समाल्ने गरी छलफल भैरहेको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *