काठमाडौं – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. बिश्व पौडेललाई नियुक्त गरेको छ । डा. पौडेललाई आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैगरी सदस्यहरूमा डा. रामकुमार फुयाँल र डा. दिल बहादुर गुरुङ नियुक्त भएका छन् । यी दुवै जना सदस्यमा दाेहाेरिएका हुन् ।