२०८१ साउन १२ गते | 27th of July 2024

६ बुँदे सहमति पछि काँग्रेस कार्यलयमा अनसन तोडियो

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १२ गते १४:०३

काठमाडौं – क्रियाशील सदस्यता विवादको विषय लिएर पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका धनुषा, रौतहट, बारालगायतका जिल्लाका नेपाली कांग्रेसका नेता, कार्यकर्ताले अनशन तोडेका छन् ।

१० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बसेका केन्द्रीय सदस्य डा.  चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्तासँग मंगलबार ६ बुँदे सहमति भएको छ । उनीहरुको माग सम्बोधन गर्ने सहमतिमा पार्टीको तर्फबाट नेता डा. रामशरण महत र सहमहामन्त्री डा. प्रकाशशरण महतले हस्ताक्षर गरेका छन् । आफूहरुमाथि न्याय हुने अपेक्षाका साथ आमरण अनशन तोडेको केन्द्रीय सदस्य यादवले जानकारी दिए ।

उनले जिल्ला छानविन समितिको निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ लगायतका तराईका जिल्लाहरुको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान हुने विश्वास समेत व्यक्त गरे ।

‘बैठक नै नबसी एकपक्षीय ढंगले क्रियाशील सदस्यता वितरण भएको अवस्था छ । दुवै नेतासँग मेरो अनुरोध छ–एक पक्षीय ढंगले वितरण गरिएको क्रियाशील सदस्यता बदर गरेर जिल्ला छानविन समितिको निर्णय अनुसार क्रियाशील सदस्यता वितरणका सम्बन्धमा न्याय गर्नुहुनेछ’ उनले भनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *