काठमाडौं- सरकारले लुम्बिनी प्रदेशमा अमिक शेरचन र बागमती प्रदेशमा पृथ्वीमान गुरूङलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवि भण्डारीलाई सिफारिस गरेको सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए। मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा धर्मनाथप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई हटाएर उनीहरूका ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।
नयाँ सरकार बनेपछिको भागबन्डा अनुसार यादव नेपाली काङ्ग्रेस र शेरचन माओवादी कोटाबाट नियुक्त भएको बताइएको छ। शेरचन यसअघि गण्डकी प्रदेशमा प्रदेश प्रमुख भइसकेका हुन् भने गुरुङ कांग्रेसका चितवन जिल्ला सभापति भइसकेका व्यक्ति हुन्।