२०८१ वैशाख १९ गते | 1st of May 2024

प्रेम गरेको भन्दै युवतीमाथि चरम यातना, प्रहरी प्रशासनद्धारा पीडकलाई उन्मुक्ति (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ५ गते १६:३०

 

काठमाडौं ५ साउन । समाज आफ्नै  पनि रुढिवादी परम्परामा नै अल्झिएको छ । रुपन्देहीको मर्चवारको सम्मरीमाई गाउँपालिका वडानम्बर ६ डिहुलीका एक स्थानीय यादव थरकी बालिकाको प्रेम भेद खुलेपछि अमानवीय यातना भोग्नु परेको छ । प्रेम सम्बन्धकै कारण किशोरीलाई उनको परिवार र छिमेकी समेतले चरम यातना दिएको भिडियो यतिबेला युटयुवमा भाइरल भएको छ ।

https://www.youtube.com/watch?v=q6LpDHD4hAA

यसरी युवतीमाथि चरम यातना भइरहदा पनि प्रशासनले पीडकलाई कारबाही गर्नुको साटो संरक्षण गरेको जानकारीमा आएको छ । प्रहरीले पीडकलाई कुनै कारवाही नगरी छोडेपछि यो घट्नाको चौतर्फि अलोचना भएको छ । प्रहरीले भद्रभलादमीको बहानामा पीडकलाई उन्मुक्ति दिएको रहस्य खुलासा भएको छ ।

के कानुन भद्रमलादमीलाई छुटै र सर्वसाधरणलाई छुटै छ ? सरोकारवाला निकायले बुझन जसरी छ । प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि उनका बाबु, दाजुभाई र छिमेकीले समेत क्रुर तरिकाले उनलाई लाठी, मुक्का लगायतले प्रहार गरेको भिडियो सार्वजनिक प्रत्यक्ष प्रमाण हुदाहुदै पीडकलाई प्रहरीले कारबाही नगर्नु कतै आर्थिक चलखेल त भएको छैन भन्ने आशंका गरिएको छ ।

https://www.youtube.com/watch?v=q6LpDHD4hAA

प्रेममा रहेको थाहा पाएपछि उनका बाबु ईन्नर अहिर लगायत उनका परिवारले किशोरी र उनका प्रेमी लोधलाई फिल्मी शैलीमा चरम यातना दिएका थिए । घटनाकरिब १० दिन पहिलाको भएपनि स्थानीय युवाहरुले मोबाईलमा खिचेको भिडियो सार्वजनिक गरेपछि मात्र घटना बाहिर आएको हो ।
किशोरीलाई चरम यातना दिने उनका बाबु लगायत उनको परिवारले उल्टै केटा पक्षबाट जरिवाना तिराई पीडकलाई पुरस्कृत गरेका छन् । केटा दिनेश लोधले किशोरीको विवाहखर्च बापत नगद १ लाख केटीको बाबु ईन्नर यादवलाई बुझाएका छन ।

https://www.youtube.com/watch?v=q6LpDHD4hAA

पीडकलाई छुटाउन एवम पुरस्कृत गराउन मर्चवारी माई गाउँपालिकाका अध्यक्ष केशव नन्दबनिया, सम्मरी माई गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष सत्यनारायण केवट र स्थानीय जनार्दन यादवको भुमिका मूख्य रहेको छ । स्थानीय जनताद्धारा निर्वाचित यी प्रमु्खहरुले पीडकलाई कारवाही गराउनुको सट्टा पिडकलाई पुरस्कृत गराएका छन् ।

पीडितलाई यातना दिने उनका बाबु तथा उनका परिवारलाई पनि प्रहरीले हिरासतमा लिए पनि कुनै कारवाही नगर्दा पीडित झन आहतभएकी छिन । ईलाका प्रहरी कार्यालय मर्चवारका निमित्त प्रमुख नरिश्वर अर्यालले बाबु ईन्नर अहिरलाई हिरासतमालिए पनि उनि पटक पटक बेहोस हुने, बरबराउने गरेका कारण स्थानीय भद्र भलादमीको रोहवरमा छाडिएको बताए ।
रुपन्देहीको मर्चवारमा किशोरी चरम यातनाको शिकार हुँदासम्म महिला हिंसा लगायत बिभिन्न क्षेत्रमा कामगर्ने अधिकारकर्मीहरु मौन छन् ।

https://www.youtube.com/watch?v=q6LpDHD4hAA

Leave a Reply

Your email address will not be published. Required fields are marked *